१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल अर्थात् ‘ब्लु स्ट्रिक्स’



अ+ अ-

काठमाडौं । यहि  श्रावण १० गते यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लू स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ ।

यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । ‘ब्लु स्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा “म्यान-मेसिन” अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।

‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

‘ब्लु स्ट्रिक्स’को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो,” एमएडब्लु राइडर्सको सि. एम. व. पुनम सिंहले भने – “हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।”