३ असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीसँग डा सन्दुकको भेट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे बिहिबार आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्नुभएको छ ।

प्रसिद्ध रमन ग्यागासासे पुरस्कारप्राप्त डा रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।”