६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार पहिलो घण्टामा नेप्से परिसुचक १२.६३ अंकले ओरालो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार  पहिलो घण्टामा नेप्से कारोबार भएको पहिलो घण्टामा १२.६१ अंकले घटेको छ । २ हजार ०५८ दशमलव ७२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ६१ प्रतिशतले घटेर २ हजार ०४२ दशमलव ५८ विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको रू. १ अर्ब ७७ करोड ५५ लाख बराबरको २९ लाख ३९ हजार ६९८ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १८ हजार ८९९ पटकको व्यापारमा भएको हो । बिहिबार पहिलो घण्टाको कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक शून्य दशमलव ११ र लघुवित्त समूहको परिसूचक १ दशमलव २८ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स,  जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २९ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५१९ मा कारोबार भइरहेको छ । कारोबारको पहिलो घण्टामा सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा महुली लघुवित्त र माउन्टेन इनर्जी रहेका छन् । यस अवधिमा महुली लघुवित्तको शेयरमूल्य ९ दशमलव ९३ र माउन्टेन इनर्जीको ९ दशमलव ७९ प्रतिशतले बढेको छ ।