२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुरको पासपोर्ट संसारकै सबैभन्दा शक्तिशाली, नेपाल कति औं स्थानमा ?



अ+ अ-

एजेन्सी । विश्वभरका शक्तिशाली राहदानीहरूको पछिल्लो सूची सार्वजनिक भएको छ, जसमा सिंगापुरले सबै देशलाई पछि पारेको छ ।

हेन्ले पासपोर्ट इन्डेक्सको हालैको प्रतिवेदनमा यस राहदानीलाई सबैभन्दा शक्तिशाली मानिएको छ किनभने यसका नागरिकले २२७ गन्तव्यमध्ये १९५ गन्तव्यमा बिना भिसा प्रवेश गर्न सक्छन् ।

यस्तै, दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन् । जसको पासपोर्टले १९२ देशमा बिना भिसा प्रवेश गर्न सक्छन् । नेपाल ९८ औं स्थानमा छ ।

शीर्ष १० देशहरू यसप्रकार छन्ः
१९२ गन्तव्यहरू – फ्रान्स, जर्मनी, इटाली, जापान, स्पेन
१९१ गन्तव्यहरू – अस्ट्रिया, फिनल्याण्ड, आयरल्याण्ड, लक्जमबर्ग, नेदरल्याण्ड, दक्षिण कोरिया र स्वीडेन
१९० गन्तव्यहरू – बेल्जियम, डेनमार्क, न्यूजील्याण्ड, नर्वे, स्विट्जरल्याण्ड र बेलायत
१८९ गन्तव्यहरू – अष्ट्रेलिया, पोर्चुगल
१८८ गन्तव्यहरू – ग्रीस, पोल्याण्ड
१८७ गन्तव्यहरू – क्यानडा, चकिया, हंगेरी, माल्टा
१८६ गन्तव्यहरू – संयुक्त राज्य अमेरिका
१८५ गन्तव्यहरू – एस्टोनिया, लिथुआनिया, संयुक्त अरब इमिरेट्स
१८४ गन्तव्यहरू – आइसल्याण्ड, लाटभिया, स्लोभाकिया, स्लोभेनिया