२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुरको पासपोर्ट संसारकै सबैभन्दा शक्तिशाली, नेपाल कति औं स्थानमा ?



अ+ अ-

एजेन्सी । विश्वभरका शक्तिशाली राहदानीहरूको पछिल्लो सूची सार्वजनिक भएको छ, जसमा सिंगापुरले सबै देशलाई पछि पारेको छ ।

हेन्ले पासपोर्ट इन्डेक्सको हालैको प्रतिवेदनमा यस राहदानीलाई सबैभन्दा शक्तिशाली मानिएको छ किनभने यसका नागरिकले २२७ गन्तव्यमध्ये १९५ गन्तव्यमा बिना भिसा प्रवेश गर्न सक्छन् ।

यस्तै, दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन् । जसको पासपोर्टले १९२ देशमा बिना भिसा प्रवेश गर्न सक्छन् । नेपाल ९८ औं स्थानमा छ ।

शीर्ष १० देशहरू यसप्रकार छन्ः
१९२ गन्तव्यहरू – फ्रान्स, जर्मनी, इटाली, जापान, स्पेन
१९१ गन्तव्यहरू – अस्ट्रिया, फिनल्याण्ड, आयरल्याण्ड, लक्जमबर्ग, नेदरल्याण्ड, दक्षिण कोरिया र स्वीडेन
१९० गन्तव्यहरू – बेल्जियम, डेनमार्क, न्यूजील्याण्ड, नर्वे, स्विट्जरल्याण्ड र बेलायत
१८९ गन्तव्यहरू – अष्ट्रेलिया, पोर्चुगल
१८८ गन्तव्यहरू – ग्रीस, पोल्याण्ड
१८७ गन्तव्यहरू – क्यानडा, चकिया, हंगेरी, माल्टा
१८६ गन्तव्यहरू – संयुक्त राज्य अमेरिका
१८५ गन्तव्यहरू – एस्टोनिया, लिथुआनिया, संयुक्त अरब इमिरेट्स
१८४ गन्तव्यहरू – आइसल्याण्ड, लाटभिया, स्लोभाकिया, स्लोभेनिया