१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता टाइगर श्राफको देखियो यस्तो रोमान्चक स्टन्ट



अ+ अ-

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफ फिल्म गणपतको शूटिङको तयारी गरिरहेका छन् । विकास बहलले निर्देशन गरेको यस फिल्ममा उनी एक बक्सरको भूमिका निभाउदैछन् । फिल्मलाई बासु भागनानी, विकास बहल, दीपशिखा देशमुख र ज्याकी भागनानीले निर्माण गर्दैछन् । 

यस फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने तयारी गरिएको छ । यसैबीच हालै टाइगरले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् । पछिल्लो समय नयाँ फिल्महरुमा व्यस्त छन् । उनी फिल्म बागी ४, हिरोपन्ती २ र गणपतमा देखिदैछन् ।  फिल्म हिरोपन्तीबाट बलिउडमा चर्चामा आएका टाइगरलाई एकपछि अर्को फिल्मको अफर आइरहेको छ । 

भिडियोमा टाइगरले एक रोमान्चक स्टन्ट देखाएका छन् । उनले १० फीट माथि उफ्रेर हाई ब्याक फ्लिप किक हानेका छन् । उनले गरेको यो स्टन्टको धेरैले तारिफ गरेका छन् । भिडियोको टाइगरकी आमा आयेशा श्राफ र दिशाले पनि  प्रशंसा गरेकी छन् । उक्त भिडियो दर्शकले धेरै नै रुचाएका छन् ।