२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन – नेपाल प्रहरी



अ+ अ-

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको निधन भएको नेपाल प्रहरीले जानकारी दिएको छ । ४ जनाको उद्धार गरिएको थियो । प्रहरीका अनुसार ३ जनाको त्रिवि शिक्षण अस्पताल र एक जनालाई केएमसी लगिएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत तीन जनाको पनि निधन भएको हो ।

जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ । शवहरू शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइँदै छ ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

तस्बिर: प्रदीपराज वन्त/रासस