• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सौर्य विमान दुर्घटनाः चालकदलसहित १९ जना सवार



काठमाडौँ । काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको विमान दुर्घटना भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।

जहाजमा चालकदलसहित १९ जना बताइएको छ । विमानस्थल स्रोतका अनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् भने सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बताईएको छ ।

जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको बताइएको छ । अन्यको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।