२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छः स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गर्नुभएको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताउनु भयो । उहाँले सरकारले सो रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बताउनु भयो ।

मन्त्री पौडेलले सो रोगको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । जनतामा चेतना फैल्याउन पनि सो रोगको रोकथाममा लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुका परिचालन उपयोग हुने मन्त्री पौडेलको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अब यो साउन, भदौ र असोजमा यो बढि संक्रमित हुने स्थिति भएको कारणले हामीले यसमा विशेष सावधानी अपनाउन जरुरी छ ।

माननीयज्यूहरुको पनि सचेतना अभिवृद्धि गर्ने काममा, समन्वय गर्ने काममा महत्वपूर्ण भूमिका हुनसक्छ । त्यसको निम्ति पनि म आग्रह गर्न चाहन्छु । माननीय योगेश भट्टराईले जापानले निकालेको युरोपियन युनियनले आधिकारिकता दिएको खोपको बारेमा सोधखोज गर्नका निम्ति उहाँले यहाँ उल्लेख गर्नुभएको छ । त्यसका निम्ति पनि मन्त्रालयले काम गर्ने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

केही माननीयजीहरुले महिला स्वास्थ्य स्वयम सेविका परिचालन गर्नुपर्छ भन्नु भएको छ । हाम्रो करिव ५३ हजारको संख्यामा उहाँहरु हुनु भएकाले उहाँहरुलाई व्यापक ढंगले परिचालन गर्ने स्थिति पनि बन्न सक्छ विशेष गरी चेतना अभिवृद्धि गर्ने काममा । यी सबै कुरालाई मन्त्रालयले गम्भिरतापूर्वक लिने त्यस अनुसार कार्य योजना बनाउने यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री पौडेलले सो रोगको रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काममा सहयोग गर्न सांसदहरुलाई पनि आग्रह गर्नुभयो ।