२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल सांग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन



अ+ अ-

काठमाडौं । लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ ।

उनको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए ।

पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गरेको थिए ।

पाण्डेको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन दिउँसो २ बजेसम्म उनको घरमा राखिने पारिवारिक स्रोतले जनाएको छ । त्यसपछि दिउँसो ४ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने छ ।