१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

पूर्वमन्त्रीको हत्या आशंकामा एकजना नियन्त्रणमा

पूर्वमन्त्रीको हत्या आशंकामा एकजना नियन्त्रणमा
अ अ+ अ-

काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पूर्वमन्त्रीको घरमा काम गर्न बसेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । यद्यपि नाम भने प्रहरीले खुलाएको छैन ।

तालिमप्राप्त कुकुर मगाएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रहरीको मधेश प्रदेश कार्यालयका डिआइजी यज्ञ विनोदसहितको टोली घटनास्थलमा पुगेको छ ।

राप्रपाका नेतासमेत रहेका ८० वर्षीय राय गएराति चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा मृत फेला परेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

उनको टाउकोको बायाँपट्टी भागमा उखु काट्न प्रयोग हुने धारिलो हतियार प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

परिवारसँग काठमाडौँमा बस्दै आएका पूर्वमन्त्री राय एक साताअघि धान रोपाइँका लागि रतनपुर पुगेका थिए । उनकी पत्नी र बालबच्चा भने काठमाडौँमै छन् । घटनापछि परिवारलाई खबर गरिसकेको प्रहरी जनाएको छ ।

राय ०५६ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको शासन कालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । उनका भाई नगेन्द्र प्रसाद राय अहिले मलंगवा नगपालिकाको मेयर छन् ।