२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्रीको हत्या आशंकामा एकजना नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पूर्वमन्त्रीको घरमा काम गर्न बसेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । यद्यपि नाम भने प्रहरीले खुलाएको छैन ।

तालिमप्राप्त कुकुर मगाएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रहरीको मधेश प्रदेश कार्यालयका डिआइजी यज्ञ विनोदसहितको टोली घटनास्थलमा पुगेको छ ।

राप्रपाका नेतासमेत रहेका ८० वर्षीय राय गएराति चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा मृत फेला परेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

उनको टाउकोको बायाँपट्टी भागमा उखु काट्न प्रयोग हुने धारिलो हतियार प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

परिवारसँग काठमाडौँमा बस्दै आएका पूर्वमन्त्री राय एक साताअघि धान रोपाइँका लागि रतनपुर पुगेका थिए । उनकी पत्नी र बालबच्चा भने काठमाडौँमै छन् । घटनापछि परिवारलाई खबर गरिसकेको प्रहरी जनाएको छ ।

राय ०५६ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको शासन कालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । उनका भाई नगेन्द्र प्रसाद राय अहिले मलंगवा नगपालिकाको मेयर छन् ।