३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदारनाथ जाने बाटोमा ढुंगा खसेर लाग्दा ३ श्रद्धालुको मृत्यु, ८ घाइते



अ+ अ-

उत्तराखण्ड । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको केदारनाथ तीर्थस्थलमा ढुंगा खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको छ । यस दुर्घटनामा ८ जना घाइते भएका छन् ।

गौरीकुण्डबाट ३ किलोमिटर टाढा चिरवासामा बनेको फुटपाथ हुँदै केदारनाथ धामतर्फ जाँदै गरेका तीर्थयात्रीलाई बिहान ७ः३० बजे ढुंगाले लागेको थियो ।

दुर्घटनाको जानकारी रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापनका नन्दनसिंह राजवारले दिएका छन् । मारिएकाहरु कहाँका थिए भन्ने जानकारी भने खुल्न सकेको छैन । यद्यपि एनडीआरएफ टोलीले राहत र उद्धार कार्य सुरु गरिसकेका छन् ।

मौसम विभागले आगामी ४८ घण्टामा उत्तराखण्डमा भारी वर्षा हुने चेतावनी दिएको छ । कुमाउ क्षेत्रका लागि रेड अलर्ट र गढवाल क्षेत्रमा पहेंलो अलर्ट जारी गरिएको छ ।

जुलाई २१ मा चम्पावत, नैनीताल र उधम सिंह नगरमा रेड अलर्ट जारी गरिएको छ । जबकि पौरी, पिथौरागढ, बागेश्वर र अल्मोडामा ओरेन्ज अलर्ट जारी गरिएको छ । यसबाहेक देहरादूनसहित राज्यका अन्य जिल्लाहरूमा भारी वर्षाको सन्दर्भमा पहेंलो चेतावनी जारी गरिएको छ ।