२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

बंगलादेशमा हिंसा भड्किन थालेपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए

बंगलादेशमा हिंसा भड्किन थालेपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए
अ अ+ अ-

काठमाडौं । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा हिंसा भड्किएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी धमाधम स्वदेश फर्किन थालेका छन् ।

हिंसात्मक आन्दोलन सुरु भएपछि करिब ८ सय नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले आज राति सामाजिक सञ्जालमार्फत् ती विद्यार्थी स्वदेश फर्किएको जनाएको हो ।

उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले जनाएको छ ।

‘हालसम्म झन्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’ मन्त्रालयले भनेको छ, ‘ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरेको छ ।’

यसैगरी ढाकास्थित दूतावासले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकाय र कानुन प्रवर्तन एजेन्सीहरूसँग समन्वय गर्दै आएको पनि मन्त्रालयले जनाएको छ । नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि अन्य देशले पनि आफ्ना नागरिक धमाधम स्वदेश फर्काउँदै आएका छन् ।