२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
Auto Draft वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक होः डा. बाबुराम भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष भट्टराईले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गर्नुभयो । उहाँले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा अल्झन आउने गरेको बताउनु भयो । सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरुलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो ।
उहाँले भन्नुभयो, नेपाल हिमाल, पहाड, तराई मधेसमा बाँढिएको भुगोल र आर्थिक, सामाजिक रुपमा पनि असाध्यै सानो परिमाणको उत्पादनका साधन आदिले गर्दा पछाडि परेको हो । र राजतन्त्रको नेतृत्वमा जुन पुरानो सत्ता रह्यो, त्यसले गर्दा विकासको बाधक बन्यो भन्ने आन्तरिक कुरा । र बाह्य रुपमा सुगौली सन्धिदेखि यता भारतको जुन सेपमा हामी पर्यौँ ।

म अन्धराष्ट्रवादी ढंगले कसैलाई गाली गर्ने पक्षमा छैन । तर के हो भने भारतको अर्थतन्त्र ठूलो छ । हाम्रो अर्थतन्त्र सानो छ । खुला सीमानाका कारण हामीले प्रतिष्पर्धा गर्न सक्दैनौं । त्यसले गर्दा भारतसँगको जुन हाम्रा असमान सम्बन्ध बन्यो । त्यसले गर्दा यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन भन्ने मेरो दुई वटा निष्कर्ष छन् ।’

अध्यक्ष भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।




भर्खरै