२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीका मुद्दामा काँग्रेस मौन बस्दैनः महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा काँग्रेस मौन नबस्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि काँग्रेसका सबैले साथ दिने बताउनु भयो । उहाँले काँग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा काँग्रेस नलाग्ने बताउनु भयो ।

उहाँले सरकारले गर्ने कमजोरीमा आफूहरु मौन नबस्ने बताउनु भयो । उहाँले सरकार बनाउन १३८ भए पुग्ने भएपनि संविधान संशोधनका लागि १८४ सांसद संख्या चाहिने भएकाले सबै राजनीतिक दलहरुलाई सँगै लिएर अघि बढ्न अहिलेको सरकारले सक्नुपर्ने बताउनु भयो । काँग्रेस र एमालेले नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको सन्दर्भमा हामी अहिले वैकल्पिक राजनीति भन्दै गर्दा कम्युनिष्ट दर्शनले परिकल्पना गरेको चिज आजको सन्दर्भमा आउँदै गर्दा कहीँ न कहीँ मदन भण्डारीले भन्नुभएको बहुदलीय जनवादको बाटोमार्फतबाटै रुपान्तरणमा जाँदै गर्दा कम्युनिष्ट आन्दोलनले त्यो अपनाउँदा नेपालको समुन्नतिको सन्दर्भमा एउटा योगदान हुन्छ । अर्को बिर्सिनु नहुने तथ्य नेपालको कम्युनिष्ट आन्दोलनले बेला बेला अलि धङ्धङ्तीमा हुनुपर्छ वा बौद्धिकतामा हुनुपर्छ, वा आवेग, विचारमा हुनुपर्छ । के भनिदिनुहुन्छ भने कम्युनिष्ट आन्दोलनको निर्धारित कार्यभार पूरा भएको छैन । कार्यभार पूरा हुँदै गर्दा अमूर्त प्रकृतिको समाजवादको परिकल्पना बन्ने भन्दा नयाँ प्रकृतिको समाजवादको परिकल्पनामा जानुपर्छ भनेर डा. भट्टराईले भन्नुभएको सन्दर्भ यो पुस्तकमा रहेको छ । यो बेलामा नयाँ सरकार बनेको छ ।

नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षीय स्वर पो कमजोर हुन्छन् की भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ । प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बन्छ । बन्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि बन्नुपर्छ । कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि हामी काँग्रेसका सबैले नै साथ दिन्छौँ । तर उत्तिकै खरो भुमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुनेछैन की काँग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका छौँ । त्यसकारण तपाईंको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौँ, त्यो बिल्कुल होइन ।

उहाँको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौँ, त्यो पनि हुँदैन । दुई दलले हेक्का राख्नुपर्ने विषय यो छ की, हामी दुई दल नै मिलेर सरकार बनाउन सक्छौँ, १३८ भए पुग्छ, तर संविधान बदल्न, संशोधन गर्न १८४ चाहिन्छ । सबैको साथमा राम्रो सहकार्य गरेर जानसक्ने क्षमता अहिलेको नेतृत्वले गर्नुपर्छ ।’

महामन्त्री शर्माले प्रतिपक्षी दलहरु संसदमा सरकारका कामकारबाहीप्रति खरो रुपमा उभिनुपर्ने बताउनु भयो ।




भर्खरै