२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकवर्षमा ६३ सर्पको उद्धार



अ+ अ-

राँझा । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक वर्षको अवधिमा गोहोरो पाँच, अजिङ्गर १३, बाँदर तीन, मगर गोही एक, जरायो एक, चित्तल आठ, निर बिरालो तीन, डगर गिद्ध एक र निलगाई एक उद्धार गरिएको छ । डिभिजन वन कार्यालयले अघिल्लो आव वर्ष २०७९/८० भन्दा आव २०८०/८१मा ५७ बढी वन्यजन्तुको उद्धार गरेको छ । आव २०७९/८० मा ४२ वन्यजन्तुको उद्धार भएको थियो । यसैगरी आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वन्यजन्तुको उद्धार भएको सूचना अधिकारी रोकाले जानकारी दिनुभयो ।

गत आवमा वन्यजन्तुबाट भेडाबाख्रा ६९, गाईगोरुरभैँसी नौ, बङ्गुर सात, माछा दुई हजार, हाँस १२ र कुखुरा १० क्षति पुगेको छ । बाँके राष्ट्रिय निकुञ्ज तथा सो को मध्यवर्ती क्षेत्र बाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ ।

उक्त क्षेत्रभित्र रहेका राष्ट्रिय वन, सामुदायिक वनको संरक्षण, व्यवस्थापन, सदुपयोग तथा वन्यजन्तुको संरक्षण लगायत स्थानीय जनतालाई निजी वन स्थापना र विकास गर्न सहयोग पुग्ने कार्य गर्दै आएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानकारी दिनुभयो ।




भर्खरै