९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनको चर्चाले तराई/मधेस तरंगित



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको नयाँ सत्तासमिरकणका साथै संविधान संशोधनको चर्चाले तराई–मधेस तरंगित बनेको छ ।

संसदका दुई ठूला राजनीतिक दलकोे गठबन्धनलाई मधेसकेन्द्रित दलहरु जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीहरुले समर्थन गरेको देखिए पनि त्यसबाहेकका मधेस केन्द्रित अन्य दलहरु दुई दलको मोर्चा बिरुद्ध मोर्चाबन्दी गर्न थालेका हुन् ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, माओवादीका नेताहरु सम्मिलत मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेकपा ( एकीकृत समाजवादी) र नेपाल सद्भावना पार्टीले ठूला दलको विरोधमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गर्दै विभिन्न कार्यक्रमको घोषणा समेत गरेका छन् । संविधान सभा सदस्य तथा नेकपा एसका नेता शीतल झाको नेतृत्वमा गठन गरिएको मोर्चामा अन्य दलहरुलाई पनि बिस्तारै ल्याउने तयारी छ । प्रतिनिधि सभाबाट समानुपातिक प्रतिनिधित्व हटाउने, राष्ट्रिय सभाको स्वरुप र भुमिका बदल्ने लगायतका विषयमा नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनको तयारी गरेको मोर्चाको आरोप छ ।

जनकपुरधामको जिल्ला समन्वय समितिको सभाहलमा शुक्रवार पत्रकार सम्मेलन गर्दै झाले राज्यका हरेक अंगमा समावेशिताको सुनिश्चितता एवं समावेशी प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरुको सीमाङ्कनमा पहिचान आधारित सुधार

नवगठित संयुक्त मधेस संघर्ष समितिले सबै पहिचानवादी संघीयतावादीलाई गोलवन्द हुन अपील गर्दै आगामी साउन २६ गते जनकपुरधाममा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।




भर्खरै