६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्मृद्ध नेपाल निर्माणमा निजी क्षेत्रसँग हातेमालो गर्न गैर आवासीय नेपालीहरुलाई वरिष्ठ उपाध्यक्ष ढकालको आह्वान



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरु (एनआरएन) लाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको छ । एनआरएनए क्यानाडाको १३औं वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले एनआरएनको ज्ञान, सिप र श्रोतलाई नेपालमा ल्याउन निजी क्षेत्रको तर्फबाट आफूहरु सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । 

“तपाईहरु आउनुस्, यहाँ लगानीको वातावरण बनेको छ । नयाँ संविधानको निर्माण र मुलुक संघीय प्रणालीमा गइसकेपछि धेरै पुराना नियम कानुनहरु परिवर्तन गरिएका छन् । हरेक स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन र बैदेशिक लगानी भित्र्याउन पहल गरेका छन्,” उहाँले भन्नुभयो, “विदेशमा सिकेको ज्ञान, सीप, श्रोत र साधन लिएर तपाईहरु आउनुस्, सम्मृद्ध नेपाल निर्माणमा हामीहरु सधै हातेमालो गर्न तयार छौ ।”

एनआरएन र एफएनसीसीआईबीच सुमधुर सम्बन्ध रहेको बताउँदै उहाँले एनआरएनहरुले लगानी ल्याउने प्रतिवद्धता जनाए महासंघको तर्फबाट यसकालाई हातेमालो गर्न आफूहरु तयार रहेको समेत बताउनुभयो । अहिले पनि कतिपय आयोजनाहरुमा महासंघ र गैर आवासीय नेपालीहरुबीच लगानी साझेदारी भएको बताउँदै उहाँले अबका दिनमा पनि थप लगानी भित्र्याउन महासंघको तर्फबाट आफूले पहल गर्ने बताउनुभएको छ ।