४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रधानमन्‍त्री ओलीलाई निन्दा र आलोचनाको ओइरो

प्रधानमन्‍त्री ओलीलाई निन्दा र आलोचनाको ओइरो
अ+ अ-

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णयको कदम असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको भन्दै सबैतिरबाट निन्दा र आलोचना भएको छ। संसद विघटन गर्ने प्रधानमन्‍त्रीको कदमले मुलुकमा अस्थिरता र फेरि द्वन्द्व निम्त्याउने चिन्ता व्यक्त भएको छ। प्रम ओलीको यस्तो कदमबाट प्रतिपक्ष मात्रै नभई आफ्नै दलका नेताहरुबाट पनि आलोचना र विरोध भएको हो । त्यस्तै नागरिकस्तरमा पनि यसको व्यापक आलोचना भइरहेको छ ।

निजी आवेग र आग्रहबाट दिग्भ्रमित भएर चालेको यस्तो कदमलाई अनुमोदन नगर्न राष्ट्रपतिसमक्ष सबैतिरबाट आग्रह गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रम ओलीद्वारा संसद विघटनको सिफरिस आएपछि नेपाली राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको हो । प्रम ओलीको यस कदमबारे आफ्नै पार्टिका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले समेत प्रम ओलीले राख्नुभएको संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।

त्यस्तै प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस संविधान विपरित कदम रहेको बताएका छन् । उनले भने, ‘यो संविधान विपरित कदम हो । प्रधानमन्त्रीले बहुमत गुमाएपछि सत्तावादी राजनीतिका लगि संविधान मिच्न थाल्नु भएको छ ।’

त्यस्तै जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धज्जी उडाएको र सबैतिरबाट प्रतिबाद गर्न सबैमा आग्रह गरेका हुन् । त्यसैगरी प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले पनि प्रमको यो कदम अलोकतान्त्रिक भएको र ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता पनि यो सिफारिससंगै सकिएको धारणा व्यक्त गरेका छन् ।