३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा किन महंगियो तरकारी? यस्तो छ उपभोक्ताको भनाइ



अ+ अ-

काठमाडौँ । वर्षासँगैको विपद्का कारण काठमाडौंमा तरकारीको मूल्य बढेको छ ।

वर्षा लागेसँगै मुलुकभर बाढी पहिरोका कारण सडकहरु अवरुद्ध हुँदा काठमाडौंमा तरकारीको मूल्य बढ्न थालेको हो । बाढी पहिरोका कारण उपत्यका भन्दा बाहिरको तरकारी काठमाडौ आउन नसक्दा उपत्यकामा तरकारीको मूल्य वृद्धि भएको छ । वर्षातको कारण बाढी पहिरो आउँदा हरेक वर्ष काठमाडौंमा तरकारीको मूल्य वृद्धि हुने गर्छ ।

तरकारीको मूल्य वृद्धि भएसँगै उपभोक्ताको चुलो पनि महँगो हुन गएको छ । केही दिनदेखि लौका,बोडी,काउली,घिरौँला लगायतको मूल्य वृद्धि भएको छ । कालीमाटी तरकारी बजारमा तरकारी खरिद गर्न आएका उपभोक्ताहरुले वर्षा याममा तरकारीको मूल्य वृद्धि भएको बताए । उनीहरुले बजारमा गोलभेडा,घिरौँला,काउली लगायत तरकारीको मूल्य बढेको बताए । उपभोक्ताहरुले शुक्रवारको बजारमा गोलभेडा बाहेक अन्य तरिकारीको मूल्य सय रुपैयाँ भन्दा कम नभएको गुनासो गरे ।

मुलुकमा नै उत्पादन भएको गोलभेडाको मूल्य उच्च रुपमा वृद्धि भइरहेको अवस्थामा शुक्रवार भने गोलभेडा सस्तो भएको छ । सानो गोलभेडा कालिमाटी तरकारी बजारमा १६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । टनेलमा उत्पादन भएको स्वदेशी सानो गोलभेडा प्रतिकिलो २४.२० रुपैयाँमा बिक्री भएको छ । त्यस्तै स्वदेशमै उत्पादन भएको ठूलो गोलभेडा भने ११६.६७ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी तरकारी बजारका अनुसार शुक्रवार रातो आलु ६९.६०, मुढे रातो आलु ५१, सेतो आलु ४९, प्याज ९२, गाजर ९६, बन्दा ४५, स्थानीय काउली ७६, ज्यापु काउली ९६, सेतो मुला ३६, लाम्चो भान्टा ८६, तने बोडी ११०, घिउ सिमी १६६ र घिउ सिमी हाइब्रीड १७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै राजमा घिउ सिमी १४५, तिते करेला ८२, लौंका ९०, परवर ७६, चिचिण्डो ६६।६७, घिरौंला ११६, झिगुनी ७६.६७, पाकेको फर्सी ६८.६७, डल्ले फर्सी ८६.६७, भिण्डी ११०, पिडालु ९६.६७, स्कुस ९६, रायो साग १८३.३३, कन्ये च्याउ १८०, डल्ले च्याउ ३०० र राजा च्याउ २९० रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । यस्तै न्युरो ११५, ब्रोकाउली ११०, कटहर ४६.६७, भेडे खुर्सानी ११६, अदुवा २३० र स्वदेशी लसुन २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।