३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदुत सङबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदुत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदुत सङबीच भेटवर्ता भएको हो । भेटमा चीनका तर्फबाट राजदुतले उपप्रधान एवं शहरी विकासमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

नेपाल र चीन बीचमा शहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल भएको छ । चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुन:निर्माणमा सघाउन तयार रहेको राजदुतले बताउनुभएको थियो । भेटमा उपप्रधानमन्त्री सिंहले दुवै देशबीचको सम्बन्ध बिस्तार गर्दै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गर्नुभयो ।