२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु छ: मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको बताउनुभएको छ ।

बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु रहेको बताउनुभएको हो । उहाँले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताउनु भयो ।

उहाँले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको पनि जानकारी दिनुभयो । त्यस्तै केही दिनपछि बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने उहाँले बताउनु भयो । मन्त्री खड्काले इन्जिनियरहरु कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले इन्जिनियरहरुलाई द्विपक्षिय अथवा त्रिपक्षिय सम्झौता गरेर काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीसँग रोजगार सिर्जना गर्नलाई प्रशस्त ठाउँहरु छ । हामी त्यतापट्टी कार्य गर्न उन्मुख छौँ । अहिलेको सरकार यस कार्यमा दत्तचित्त छ । हामी १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्दैछौँ । आउने २८ तारिख बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद बिक्रीको सम्झौता गर्दैछौँ । मलाई लाग्छ हामी यसलाई डबलका हिसावमा बिक्रि गर्नसक्छौँ । तर हामीसँग ३ हजार २०० मेघावाट मात्रै विद्युत उपलब्ध छ । प्रोजेक्टमा इन्जिनियर साथीहरु इन्चार्ज भएर जाने । दुई चार महिना काम गर्ने । अर्को प्रोजेक्टले सुविधा बढी दिए छोडेर हिँडिदिने र त्यो प्रोजेक्ट अलपत्र पर्ने । यो समस्या छ । कन्ट्रक्शनमा काम गर्ने साथीहरु द्विपक्षिय र त्रिपक्षिय सम्झौता गरेर काम गर्नुस् । अधिकारका कुराहरु पनि राख्नुस् ।’

मन्त्री खड्काले देश निर्माणमा इन्जिनियरहरुले मौरीको भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो ।