९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु छ: मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको बताउनुभएको छ ।

बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु रहेको बताउनुभएको हो । उहाँले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताउनु भयो ।

उहाँले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको पनि जानकारी दिनुभयो । त्यस्तै केही दिनपछि बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने उहाँले बताउनु भयो । मन्त्री खड्काले इन्जिनियरहरु कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले इन्जिनियरहरुलाई द्विपक्षिय अथवा त्रिपक्षिय सम्झौता गरेर काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीसँग रोजगार सिर्जना गर्नलाई प्रशस्त ठाउँहरु छ । हामी त्यतापट्टी कार्य गर्न उन्मुख छौँ । अहिलेको सरकार यस कार्यमा दत्तचित्त छ । हामी १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्दैछौँ । आउने २८ तारिख बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद बिक्रीको सम्झौता गर्दैछौँ । मलाई लाग्छ हामी यसलाई डबलका हिसावमा बिक्रि गर्नसक्छौँ । तर हामीसँग ३ हजार २०० मेघावाट मात्रै विद्युत उपलब्ध छ । प्रोजेक्टमा इन्जिनियर साथीहरु इन्चार्ज भएर जाने । दुई चार महिना काम गर्ने । अर्को प्रोजेक्टले सुविधा बढी दिए छोडेर हिँडिदिने र त्यो प्रोजेक्ट अलपत्र पर्ने । यो समस्या छ । कन्ट्रक्शनमा काम गर्ने साथीहरु द्विपक्षिय र त्रिपक्षिय सम्झौता गरेर काम गर्नुस् । अधिकारका कुराहरु पनि राख्नुस् ।’

मन्त्री खड्काले देश निर्माणमा इन्जिनियरहरुले मौरीको भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो ।