२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.82

Wind: 1.54

Humidity: 41

Latest
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै सरकारले गति लिन सकेनः महामन्त्री थापा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: स्थगित गरिएकोमा अखिल नेपाल खेलकुद महासंघको आपत्ति चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको १५ दिने क्यालेन्डर: ६ दिन संसद बैठक, ३ दिन समितिलाई



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदका आगामी कार्यक्रमबारे संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

बिहीवार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलहरुका प्रमुख सचेतकहरुसँग संसदका आगामी कार्यक्रमबारे छलफल गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो । उहाँकाअनुसार सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग १५ गतेसम्म ६,७ र ८ गते संसद चलाउने, ९,१० र ११ गते समितिको बैठक चलाउने र १३, १४ र १५ गते पुन: संसद सञ्चालन गर्नेगरी १५ दिने कार्यतालिका बनानएको बताउनु भयो । उहाँले समितिमा विचाराधिन विधेयकमा घनीभुत छलफल चलाएर चाँडो भन्दा चाँडो विधेयक संसदमा पठाउने, समितिका खालि सदस्य छिटै पूर्ति गर्ने र संयुक्त समितिमा सदस्य र सभापति पनि छिटै चयन गर्नेगरी सभामुख घिमिरेले छलफल अघि बढाउनुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको खास उद्देश्य ६ गते सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिने सूचना संसद सचिवालयलाई पठाउनुभएको छ, त्यसको आधारमा अघि बढ्ने । अब हामी बैठक कहिलेसम्म गर्छौं, किनभने हामीले प्रत्येक १५ दिनको क्यालेण्डर निर्माण गर्छौं र त्यसअनुसार नै संसद अघि बढाउँछौँ । आजदेखि १५ दिनको बैठक कुन कुन दिन गर्ने, समितिमा रहेका विधेयकलाई काम गर्न समय कसरी उपलब्ध गराउने । यस विषयमा छलफल केन्द्रित भयो । ६,७ र ८ गते तीन दिन संसद बैठक बस्छौँ । ९,१० र ११ गते समितिको बैठक बस्नेगरी समय दिन्छौँ । १३,१४ र १५ गते तीन दिन फेरि संसदको बैठक राख्छौँ । यसरी कुन बैठकमा कुन विषय प्रश्तुत गर्ने पनि तयार पारेको छौँ । समितिमा विचाराधिन विधेयकमा घनीभुत छलफल चलाएर चाँडो भन्दा चाँडो विधेयक हाउसमा आउने वातावरण बनाउने । समितिका सदस्य खालि भएका छन्, ति ठाउँमा आफ्ना आफ्ना सदस्य पदपूर्ति गरिदिन आग्रह गर्ने निर्णय गरेका छौँ । संयुक्त समितिको कामहरु पनि टुंग्याउन विषय राख्नुभएको छ ।’

यता प्रमुख प्रतपिक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सभामुख घिमिरेले संसदको कार्यतालिकाका बारेमा छलफल गर्नुभएको बताउनु भयो । उहाँले ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, ७ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुनेगरी कार्यतालिका बनाउने बारेमा छलफल भएको बताउनु भयो । उहाँले शुक्रवार कार्य व्यवस्था समितिको बैठक बसेर कार्यतालिका टुंग्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुखज्युले हामी प्रमुख सचेतकहरुलाई खासगरी पर्सिदेखिको कार्यतालिाकालाई कसरी व्यवस्थित गर्ने, त्यसपछि विश्वासको मत ६ गते लिने विषयवस्तु छ त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा गृहकार्यका लागि बोलाउनुभएको हो । भोलि १ बजे कार्य व्यवस्थाको बैठक बस्ने भन्ने निर्णय भएको छ । त्यहाँ नै कार्यतालिका प्रश्तुत हुन्छ, त्यहीअनुसार हामी अघि बढ्छौँ । हरेक १५ दिनमा कार्यतालिका बनाउने जुन हाम्रो अभ्यास छ त्यही अभ्यासअन्तर्गत भोलि बैठक बस्छौँ । ६ गते सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मतको लागि समय माग्नुभएको छ, त्यसअन्तर्गत अघि बढ्छौँ । ७ गते हाम्रो नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यो कार्यक्रम ७ गते अघि बढ्छ ।’

उहाँले कार्य व्यवस्था समितिको बैठकबाट संसदका आगामी कार्यक्रम अघि बढाइने बताउनु भयो ।