• १४ भाद्र २०८१, शुक्रबार
  •      Fri Aug 30 2024
  •   Unicode
Logo
Latest
★   टुँडिखेलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा छुटे ★   बारामा करेन्ट लागेर एकको मृत्यु ★   जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छः मन्त्री दाहाल ★   ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा अधिकारी नियुक्त ★   द्वन्द्व बिर्सेर समृद्ध नेपाल निर्माण अभियानमा जुटौँः सभापति देउवा ★   विश्वकप लिग–२ तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाने ★   निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भइ तीन जनाको मृत्यु ★   गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैन : उपप्रधानमन्त्री पौडेल ★   नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मन्त्री दाहालद्वारा निरीक्षण ★   क्वाटरफाइनलमा पराजित भइन् पलेशा

आठबिसकोटमा खोलाले बगाउँदा एकजनाको मृत्यु



symbolic picture

त्रिवेणी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।

काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिनुभयो । उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ ।

यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् । बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षती पुगेको ।