४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर क्यान्सर बिरामीको मृत्यु



अ+ अ-

चितवन । भरतपुरस्थित पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक बिरामीको मृत्यु भएको छ ।

हुप्सीकोट गाउँपालिका–२, घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर आज बिहान अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएका थिए । उनको सोही अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मगर बुधबार पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न आएका थिए ।

दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको जानकारी आएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।