२५ जेष्ठ २०८३, सोमबार
,
Latest
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रतिभाहरु भएको देश हो: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गीत, संगीतलगायतका प्रतिभाहरु भएको देश भएको बताउनुभएको छ ।

छिन्नतला गीत पुरस्कार गुठीले बुधवार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

भारतीय चर्चित रियालिटी शो इण्डियन आईडलबाट नाम कमाउन सफल मेनुका पौडेलको दृष्टान्त पेश गर्दै प्रधानमन्त्री ओलीले कला, संस्कृति, संगीत, बाद्यबादन, गायनको विकास गर्ने ठाउँ नेपाल भएको पनि उल्लेख गर्नुभयो । त्यस अवसरमा उहाँले नेपालमा विभिन्न विधाको प्रतिभाहरु रहेको ठाउँ भएको र उनीहरुलाई खोजीखोजी सम्मान गर्ने काम गरेको भन्दै सो गुठीको प्रशंशा पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कला, संस्कृति, संगीत, बाद्यवादन, गायन । यी सबै कुरामा यो ठाउँ त्यसलाई बुझ्न पनि जान्ने, चिन्न पनि जान्ने र त्यसलाई प्रस्फुटित गर्न जान्ने, त्यसलाई विकास गर्नसक्ने यो ठाउँ हो । आज हामी यस ठाउँका यिनै कलाकारहरुको सम्मान गरिरहेका छौं । हाम्रो अगाडि कलाकार हुनुहुन्छ मेनुका पौडेल । उहाँ नेत्रविहीनको स्थितिमा हुनुहुन्छ । तर, उहाँले नेपालमा मात्र होइन, विदेशमा समेत गाएर तहल्का मच्चाउनु भएको छ । यो यस्तो प्रतिभाको ठाउँ हो । संगीतमा संकेत चिन्हहरु उहाँले देख्न सक्नुहुन्न । तर देख्न पर्र्दैन उहाँलाई । त्यसको कहाँनिर कस्तो धुन छ भन्नेकुरा उहाँलाई थाहा छ । त्यसो भएर यो प्रतिभाहरुको देश हो । यहाँका प्रतिभाहरु सम्मानित हुनु भएको छ । खुशी व्यक्त गर्दछु । यस्ता प्रतिभाहरुलाई खोजीखोजी सम्मानित गर्ने, प्रशंशित गर्ने, खोजीखोजी खानीबाट हिरा कटिङ गरेर चम्काएर देखाउने त्यो काम छिन्नतला पुरस्कार गुठीले गरेको छ । म धन्यवाद भन्न चाहन्छु । ’

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता पुरस्कार गीतकार भुषण खरेललाई प्रदान गर्नुभएको थियो । त्यसैगरी उहाँले संगीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले २०८० सालको छिन्नलता पुरस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गर्नुभएको थियो । छिन्नलता गीत, संगीत र गायनको पुरस्कारको राशी जनही एक लाख रहेको छ ।