२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीविरुद्ध पुस ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा अनुशासनको कारबाहीको प्रस्ताव पेस गरिने



अ+ अ-

काठमाडौं । सत्तारूढ नेकपाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी समिति बैठकले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गर्दै निरंकुश र जनादेशविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकले गरेको निर्णय अनुमोदन गर्न अनुशासनको कारबाहीको प्रस्ताव पुस ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने बताउनुभयो ।

बैठकले राष्ट्रपति भण्डारीले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको ठहर गर्दै संसद् विघटनको निर्णयलाई राजनीतिकरुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार आज सोमबार दिउँसो १ बजे नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ भने लगत्तैदिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।

बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णयसमेत गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना उपस्थित थिए । नेपाल समाचारपत्र दैनिक