३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैते धान खेती गर्ने कृषकलाई अनुदान



अ+ अ-

गण्डकी । चैते धान खेतीमा कृषकको आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले रु आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ ।

महानगरपालिकाले वडा नं १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी रु नौ सयका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो ।

उहाँका अनुसार महानगरपालिकाको वडा नं १४ र १५ मा एक सय रोपनी क्षेत्रफलमा चैते धान गरेबापत् रु ९० हजार उपलब्ध गराइएको छ । त्यस्तै वडा नं २६ र २७ मा दुई सय २६ कृषकलाई छ लाख ८१ हजार तीन सय अनुदान उपलब्ध गराइएको छ । उक्त स्थानमा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा चैते–५ जातको धानको बीउ उपलब्ध गराएको थियो ।

महानगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ को कार्यक्रमअन्तर्गत महानगरभित्र कृषि क्षेत्रमा सकृय १५ संघसंस्थालाई रु पाँच–पाँच हजार नगदसहित सम्मान गरेको छ ।

अनुदान रकम हस्तान्तरण एवं कृषक सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई जोड दिँदै महानगरपालिकाले तरकारी, फलफूल र पशुपालनमा सहयोग गर्दै आएको बताउनुुभयो । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिनुुपर्ने उहाँको भनाइ छ । रासस