५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राजनीतिमा महिलाका योगदानलाई नजरअन्दाज गर्नु हुँदैन: उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ ।

बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले नेपालीहरुले पाएको अधिकारका लागि महिलाहरुको योगदान अतुलनीय रहेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरुले दिनुभएको योगदानलाई नजरअन्दाज गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो भवन समयमै सम्पन्न होस् । उद्घाटन हुँदा हाम्रै पार्टी सभापतज्यिुबाट हुँदा अझ राम्रो हुन्छ । अधिकार प्रप्त गर्नका लागि मंगलादेवी लगायतका महिला नेतृहरुको धेरै योगदान रहेको छ । हामी सबैले त्यसको गम्भीरतालाई हामी सबैले बुझ्नुपर्छ । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि पनि गुमेका अधिकारहरुलाई पुन: प्राप्ति गर्नको लागि मंगलादेवी सिंह लगायत शैलजा आचार्यहरु सबै जेल गएको कुरा तपाईं हामी सबैले बिर्सिनु हुँदैन । अहिले हामी जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधानबाट जुन प्राप्त गरेका अधिकारहरु छन् । ति अधिकारहरु प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरुले धेरै ठूलो योगदान दिनुभएको छ । त्यसैले अहिले आएर हामीले भेला भएर आफ्ना कुरा राख्नसक्ने अवस्थामा पुगेको कुरालाई नजरअन्दाज गर्नु हुँदैन ।’

उपप्रधानमन्त्री सिंहले मंगलादेवी सिंहको नाममा शिलान्यास भएको भवन छिटै बनाइसक्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाको हातबाटै उद्घाटन गर्दा राम्रो हुने बताउनु भयो । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि गुमेका अधिकारहरुलाई पुन: प्राप्ति गर्न मंगलादेवी सिंह र शेलजा आचार्य लगायतका महिलाहरुको योगदान अविष्मरणीय रहेको बताउनु भयो ।