२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छु: नेता कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शशांक कोईरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गर्नुभएको छ ।

बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताउनु भयो । उहाँले महिलाहरुमा समाजलाई डोर्‍याउनसक्ने क्षमता हुने बताउनु भयो । उहाँले महिलाहरुलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको बताउनु भयो । उहाँले आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरुको साथ र सहयोगकै कारण जितेको बताउनु भयो । उहाँले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४ पटक चुनाव जितेँ म आफ्नो क्षेत्रबाट । योगदान महिलाहरुकै थियो । महिलाहरुलाई उच्चसम्म हामीले दिनुपर्छ । म आरणीय शेरबहादुरजीलाई भन्छु ३३ प्रतिशत होइन, महिलाले ५० प्रतिशत पनि पाउनुपर्छ । तर तपाईंहरु सशक्त भुमिका निर्वाह गर्नुस् । घरमा बसेर चुलाचौका गर्ने होइन । नेतृत्व गर्न अगाडि बढ्नुस् । म चुनावमा जाँदा महिला अगाडि भयो भने ढोका खुल्छ, पुरुष भयो भने को आयो भनेर सोध्छ । ढोका खुलेपछि न कुरा गर्न सकिन्छ । यो खालि बिल्डिङ बनेर मात्रै हुँदैन । यसको काम, कर्तव्य, अधिकार के छ रु महिलालाई कसरी आकर्षित गर्नुहुन्छ । महिलाहरुलाई जति आकर्षित गर्नसक्नुहुन्छ, त्यति हामी सफल हुन्छौँ । महिलाहरुलाई ब्याक बेन्च बनाएर हुँदैन, अगाडि सार्नुपर्छ । म त चाहन्छु की महिला प्रधानमन्त्री होस् भनेर । अब आउँदो दिनमा मलाई लाग्छ महिला प्रधानमनत्री तपाईंहरुले पाउनु हुन्छ । महिला प्रधानमन्त्री भयो भने के हुन्छ भने पुरुषहरुको पनि नेतृत्व गर्ने क्षमता हुन्छ, समाजलाई डोर्‍याउन सक्छ । तर तपाईंहरु सक्षम बन्नुस् । चुलोमा बस्ने मात्रै होइन, समाजमा भिज्नुस् । समाजको त्रुटीलाई सुधार्नुस् । महिलासँग सम्पूर्ण जीवनको साँचो हुन्छ ।’

उहाँले महिलाहरुलाई देशको नेतृत्व गर्नसक्ने गरी सक्षम बन्न आग्रह गर्नुभयो ।