२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा प्रहरीद्वारा आव२०८०/०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष २०८०/०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ गरेको छ ।

मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी विभिन्न घटनाका ८ सय ७९ फरार प्रतिवादी पक्राउ गरेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले ८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्नु नै गत आर्थिक वर्षको ठूलो उपलव्धि रहेको बताउनु भयो । त्यसैगरी पत्रकार सम्मेलनमा भन्सार चोरी निकासीमा ९ करोड ५६ लाख ३ हजार भन्दा बढी रकम राजश्व संकलन गरिएको जानकारी समेत दिनुभयो । प्रगति विवरणबारे जानकारी दिँदै प्रहरी उपरीक्षक तिवारीले अवैध लागुऔषधतर्फ गाँजा ६०७.३९९ किलो, ब्राउन सुगर १४१.४६ ग्राम,नाईट्राभेट ट्यावलेट ३ हजार २५८ पिस, सिमप्लेक्स ४९५ क्यापसुल, स्पलेन ३४ बोतल, पेण्डाजोल ईन्जेक्सन–२६ पिस, नूर्फिन ४९९ एनटिजेड, नाईट्राजेपाम–३५४० पिस, नाईट्रोसम–४७ पिस, कोडिवेल– २७ बोतल वरामद गरिएको बताउनु भयो ।

यस्तै साइबर क्राइमतर्फ ३२० वटा निवेदन प्राप्तभएकोमा सम्बन्धित कार्यालयमा २७८ वटा कारवाहीका लागि पठाइएको छ भने ४० वटाको काम सम्पन्न भएको हो । अनुचित लेनदेन मिटरब्याजीतर्फ १ हजार १४५ वटा निवेदन दर्ता भएकोमा ६०२ वटाको मुद्दा फछ्र्यौट भएको, २० वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उहाँले २५ विग्घाभन्दा बढी जग्गा पिडितलाई फिर्ता गराइएको र २४ करोड ५९ लाखभन्दा बढी रकम साहु महाजनको असुल गराइएको बताउनु भयो ।

जिल्लाका विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटीभी जडान र ६२ वटाको मर्मत गराइएको जानकारी दिँदै प्रहरी उपरीक्षक तिवारीले सवारी दुर्घटनामा केही वृद्धि भएपनि जनधनको क्षतिमा न्युनिकरण भएको बताउनु भयो । उहाँले गत तीन वर्षको तथ्यांक हेर्दा पछिल्लो आ।व।मा १ हजार ९० सवारी दुर्घटना भएको र जसमा ७३ जनाको मृत्यु, ४०५ गम्भीर घाइते र १ हजार ३२० जना सामान्य घाइते भएको बताउनु भयो ।