१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

धनुषा प्रहरीद्वारा आव२०८०/०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ

धनुषा प्रहरीद्वारा आव२०८०/०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ
अ अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष २०८०/०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ गरेको छ ।

मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी विभिन्न घटनाका ८ सय ७९ फरार प्रतिवादी पक्राउ गरेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले ८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्नु नै गत आर्थिक वर्षको ठूलो उपलव्धि रहेको बताउनु भयो । त्यसैगरी पत्रकार सम्मेलनमा भन्सार चोरी निकासीमा ९ करोड ५६ लाख ३ हजार भन्दा बढी रकम राजश्व संकलन गरिएको जानकारी समेत दिनुभयो । प्रगति विवरणबारे जानकारी दिँदै प्रहरी उपरीक्षक तिवारीले अवैध लागुऔषधतर्फ गाँजा ६०७.३९९ किलो, ब्राउन सुगर १४१.४६ ग्राम,नाईट्राभेट ट्यावलेट ३ हजार २५८ पिस, सिमप्लेक्स ४९५ क्यापसुल, स्पलेन ३४ बोतल, पेण्डाजोल ईन्जेक्सन–२६ पिस, नूर्फिन ४९९ एनटिजेड, नाईट्राजेपाम–३५४० पिस, नाईट्रोसम–४७ पिस, कोडिवेल– २७ बोतल वरामद गरिएको बताउनु भयो ।

यस्तै साइबर क्राइमतर्फ ३२० वटा निवेदन प्राप्तभएकोमा सम्बन्धित कार्यालयमा २७८ वटा कारवाहीका लागि पठाइएको छ भने ४० वटाको काम सम्पन्न भएको हो । अनुचित लेनदेन मिटरब्याजीतर्फ १ हजार १४५ वटा निवेदन दर्ता भएकोमा ६०२ वटाको मुद्दा फछ्र्यौट भएको, २० वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उहाँले २५ विग्घाभन्दा बढी जग्गा पिडितलाई फिर्ता गराइएको र २४ करोड ५९ लाखभन्दा बढी रकम साहु महाजनको असुल गराइएको बताउनु भयो ।

जिल्लाका विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटीभी जडान र ६२ वटाको मर्मत गराइएको जानकारी दिँदै प्रहरी उपरीक्षक तिवारीले सवारी दुर्घटनामा केही वृद्धि भएपनि जनधनको क्षतिमा न्युनिकरण भएको बताउनु भयो । उहाँले गत तीन वर्षको तथ्यांक हेर्दा पछिल्लो आ।व।मा १ हजार ९० सवारी दुर्घटना भएको र जसमा ७३ जनाको मृत्यु, ४०५ गम्भीर घाइते र १ हजार ३२० जना सामान्य घाइते भएको बताउनु भयो ।