• ११ भाद्र २०८१, मंगलवार
  •      Tue Aug 27 2024
  •   Unicode
Logo
Latest
★   जग्गा प्राप्ति विद्युत प्रशारण लाइनको अहिलेको मुख्य समस्या: शक्ति बस्नेत ★   छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौं: प्रचण्ड- पूर्णपाठ ★   डेडिकेटेट र ट्रंक लाइनको विषयमा बहस आवश्यक छैनः प्रकाशशरण महत ★   नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक ★   २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषदबाट गर्न प्रचण्डको चुनौती ★   उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्छ: सचिव बिष्ट ★   लेखा समिति मात्रै किन प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुहोस्ः प्रचण्ड ★   प्रतिनिधिसभा: बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको नि:शुल्क उपचार गर्न माग ★   सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ – प्रचण्ड ★   प्रम ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

भूकम्प पीडितको टहरामा पहिरो जाँदा तीन जना गम्भीर घाइते



फाईल फोटो

जाजरकोट । जिल्लाको कुशे गाउँपालिकास्थित भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् ।

गएराति करिब १० बजे गएको पहिरोमा परी कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा घाईते भएका छन् ।

घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए ।

गत वर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लाका विभिन्न ठाउँलाई मनसुनजन्य विपद्को जोखिम क्षेत्र घोषणा गरेको छ।