२८ मंसिर २०८२, आईतवार
,
Latest
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’ कर वक्यौता चुलिँदैः ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको उत्साहपूर्ण चहलपहल चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन भारत भ्रमणको पहिलो दिन मेसीले के–के गरे ? गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग एकै दिन सुन २२ सय रुपैयाँले बढ्यो एमाले केन्द्रीय कमिटी बैठक सुरु हराउँदै परम्परागत पञ्चेबाजा बजाउने चलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको बैठकमा गएनन् उपेन्द्र यादव



अ+ अ-

काठमाडौं । ४ कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको बैठक बसिरहेको छ । मोर्चाको बैठक नेकपा (एकीकृत समाजवादी)को पार्टी मुख्यालय, आलोकनगरमा बसिरहेको छ ।

बैठकमा मोर्चालाई बलियो बनाउने विषयमा छलफल भइरहेको जनाईएको छ । बैठकको अध्यक्षता नेकपाका महासचिव नेत्रविक्रम चन्दले गरेका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठ सहभागी छन् ।

यस्तै, बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, प्रमेश हमाल र जीवनराम श्रेष्ठलगायत सहभागी छन् ।

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ सहभागी छन् । नेकपाबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन् । गत वैशाखमा पार्टी विभाजन भएपछि उनी समाजवादी मोर्चाबाट अलगिएका छन् ।