काठमाडौँ । सोमबार देशभर थप ७ सय ४२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६३५१ जनामा गरिएको परीक्षणमा ४४८ पुरुष र २९४ जना महिला गरी ७४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ७९ जना डिस्चार्ज भएसंगै हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृतकको संख्या १७ सय ९५ पुगेको छ ।











