१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल कांग्रेस कार्यालय सानेपामा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाललगायत नेता कांग्रेस कार्यालय सानेपा पुगेका छन्। नेपाली कांग्रेसले डाकेको सर्वदलीय बैठकमा भाग लिन उनिहरु सानेपा पुगेका हुन् । 

सभापति शेरबहादुर देउवाले सोमबार अपरान्ह ४ बजे डाकेको सर्वदलीय बैठक अब केहीबेरमा बस्दैछ। बैठकका लागि जनता समाजवादीलगायत दललाई पनि कांग्रेसले बोलाएको छ। 

बैठकका लागि कांग्रेसका शीर्ष नेताहरू पनि कार्यालय उपस्थित भइसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछिको अवस्थाबारे छलफल गरी आवश्यक रणनीति तय गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो।