• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि ★   रुख काट्ने क्रममा रूखले च्यापेर भिमादमा एक जनाको मृत्यु ★   बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते ★   नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु ★   सलमानले लगाए २६७ करोडको घडी ★   नेपाल र जापानका कम्पनीबीच सम्झौता: वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ ★   कोटिहोमको आय व्यय विवरण सार्वजनिकः आम्दानीभन्दा खर्च बढी भएको हिसाब ★   कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ ★   विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह ★   मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

आर्थिक विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत



काठमाडौँ, ३१ असारः प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट सुझावसहितको सन्देशमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्दै छलफलका क्रममा उठेका सुझाव विधेयकमा समेट्न प्रयास गर्ने बताउनुभएको थियो ।

उक्त प्रस्तावमाथीको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको आयात घटाउन नेपाली जनतालाई विद्युत् सस्तोमा दिनुपर्ने र विद्युतीय गाडीको भन्सार शुल्क घटाउनुपर्ने बताउनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ६ गते दिउँसो १ बजे बस्नेछ ।