२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल ?



अ+ अ-

झापा, ३१ असारः नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल झापाको दमक निवासी हुनुहुन्छ ।

विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मनुभएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ मा स्थायी बसोबासी हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मन्त्री बन्नुभएका दाहाल पार्टीको पोलिटब्युरो सदस्य एवं स्थानीय विकास विभागको प्रमुख जिम्मेवारीमा हुनुहुन्थ्यो ।

उहाँ नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा सुरु भएको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर कम्युनिष्ट पार्टीको राजनीतिमा प्रवेश गर्नुभएको हो ।

लामो समयसम्म झापाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गर्नुभएका मन्त्री दाहाल सङ्गठन सञ्चालन काम गर्ने क्रममा २०४५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माले०को झापा जिल्ला कमिटीमा आबद्ध हुनुभएको थियो ।

विसं २०५१ सम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गर्नुभयो । विसं २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहनुभएका मन्त्री दाहाल विसं २०५३ जेठ २३ गतेदेखि विसं २०६६ भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हाल्नुभएको थियो ।

उहाँसँग करिब १३ वर्ष अर्थात् चार कार्यकाल झापा एमालेको नेतृत्व गरेको अनुभव छ । उहाँले झापामा २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी कमाण्डसमेत उहाँले सम्हाल्नुभएको थियो ।

उहाँ विसंं २०५१ देखि शिक्षकको जागिर छाडेर राजनीतिमा पूर्णकालीन हुनुभएको हो । राजनीतिक परिवर्तनमा खास समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मूल समितिको जिम्मेवारी र २०६२÷६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।

विसं २०७२ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाबेला दाहालले उहाँको जनसम्पर्क सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी विसं २०७६ मा भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसंं २०४२ मा शिक्षक आन्दोलनका क्रममा उहाँलाई प्रहरीले हिरासतमा राखेको थियो भने २०४६ को जनआन्दोलनमा पनि हिरासतमा पर्नुभएका उहाँ जनआन्दोलनको सफलतापछि रिहा हुनुभएको थियो ।