२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ बनाउनुपर्छ: मन्त्री राणा



अ+ अ-

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

सोमवार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले पाएको जिममेवारी इतिहासै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्दै लैजाने बताउनु भयो । उहाँले नेपाल कसैको पराधिन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताउनु भयो ।

उहाँले देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भुमिका उल्लेख्य रहेको बताउनु भयो । उहाँले दौंत्य सम्बन्ध कायम रहेका देशहरुको सम्बन्धलाई अझै प्रभावकारी बनाउने बताउनु भयो । उहाँले विदेशमा गएका नेपालीहरुलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो । हामी एकदम ठूलो देशहरुको बीचमा छौँ । हाम्रो पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधिन हुन नपरेको इतिहास छ । यो इतिहास हामीले अब आउने पिढीका लागि कायम राख्नुपर्छ । यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो । यो ठूलो सेना भएको देश पनि होइन, हामी ननएग्रेशनमा, पञ्चशीलमा विश्वास गर्ने देश हाँै ।’

‘यो जिम्मेवारीलाई अघि बढाउन पनि भुमिका खेल्नुपर्ने देखिन्छ । यो पोलिटिक्स पहिलाको भन्दा भिन्दै भएर गइरहेको छ । यो भन्दा पहिला पनि यस्ता अफ्ठ्यारा भएका थिए । त्यो बेलामा पनि देशले राम्रोसँग मिलेर काम गरेको थियो । अहिले पनि हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्छ । देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भुमिका खेल्न सक्छ । विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौँ । यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ ।’

उहाँले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजि गरी फिर्ता ल्याउन पहल गर्ने पनि बताउनु भयो ।