१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

सडक दुर्घटनासम्बन्धि समस्या तत्काल हल हुनेगरी काम गर्छु: नवनियुक्तमन्त्री दाहाल

सडक दुर्घटनासम्बन्धि समस्या तत्काल हल हुनेगरी काम गर्छु: नवनियुक्तमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धि समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ ।

देशभर सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उहाँले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्नेक्रममा सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री दाहालले विकास निर्माणको काम ठप्प भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान हुनेगरी काम गर्ने बताउनु भयो । उहाँले सडकसम्बन्धि नीतिलाई क्रमश: प्राथमिकताको आधार अघि बढाउने पनि बताउनु भयो ।

मन्त्री दाहालले भन्नुभयो, समस्याहरु धेरै छन् । सडक दुर्घटनाका कुराहरु हामीले दिनानुदिन भोगी रहेका छौं । यो विषय हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । र सडक दुर्घटनालाई कसरी न्यूनिकरण गर्ने ? भन्ने विषय च्यालेन्जिङ विषय छ । त्यसलाई कुन ढंगले गर्नसक्छौ ? तपाईहरुसँग छलफल गरेर समाधान गर्छौं । अर्को राष्ट्रिय यातायात नीति क्याबिनेटमा पठाउने निर्णय गरेका छौं । नीति निर्माण चाहीँ महत्वपूर्ण कुरा हो । जबसम्म नीति बन्दैन, तबसम्म हामीलाई काम गर्न सजिलो पनि हुँदैन ।

मन्त्री पहिलो पटक भएपनि मैले सांसदको रुपमा नीति निर्माणमा नै समय व्यतित गरेको छु । त्यसले गर्दा सडकसँग सम्बन्धित हाम्रा कयौं नीतिहरु छन । त्यसलाई प्राथमिकताको आधारमा अघि बढाउँछौं । अब विकास, निर्माणका कामहरु ठप्प भएका छन । अगाडि बढेका छैनन् भनेर धेरै गुनासो छ । अब आफनो जिम्मेवारीमा त्यो आएको छ । त्यसको अवस्थाको बारेमा हामी मसिनो गरी हेर्नेछौं । र त्यसलाई समाधान गर्ने कुरा क्रमश गर्नेछौं । र ठेकदारहरुले भुक्तानी पाएनन भनेर सडकमा अवरोध खडा गरेको भन्ने सन्दर्भ पनि छ । त्यसको बारेमा पनि हामी छलफल गर्छौं ।

मन्त्री दाहालले पदभार ग्रहण गर्ने क्रममा राष्ट्रिय यातायात नीति मन्त्रीपरिषद् बैठकले पेश गर्ने निर्णय गर्नुभएको थियो ।