२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनासम्बन्धि समस्या तत्काल हल हुनेगरी काम गर्छु: नवनियुक्तमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धि समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ ।

देशभर सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उहाँले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्नेक्रममा सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री दाहालले विकास निर्माणको काम ठप्प भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान हुनेगरी काम गर्ने बताउनु भयो । उहाँले सडकसम्बन्धि नीतिलाई क्रमश: प्राथमिकताको आधार अघि बढाउने पनि बताउनु भयो ।

मन्त्री दाहालले भन्नुभयो, समस्याहरु धेरै छन् । सडक दुर्घटनाका कुराहरु हामीले दिनानुदिन भोगी रहेका छौं । यो विषय हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । र सडक दुर्घटनालाई कसरी न्यूनिकरण गर्ने ? भन्ने विषय च्यालेन्जिङ विषय छ । त्यसलाई कुन ढंगले गर्नसक्छौ ? तपाईहरुसँग छलफल गरेर समाधान गर्छौं । अर्को राष्ट्रिय यातायात नीति क्याबिनेटमा पठाउने निर्णय गरेका छौं । नीति निर्माण चाहीँ महत्वपूर्ण कुरा हो । जबसम्म नीति बन्दैन, तबसम्म हामीलाई काम गर्न सजिलो पनि हुँदैन ।

मन्त्री पहिलो पटक भएपनि मैले सांसदको रुपमा नीति निर्माणमा नै समय व्यतित गरेको छु । त्यसले गर्दा सडकसँग सम्बन्धित हाम्रा कयौं नीतिहरु छन । त्यसलाई प्राथमिकताको आधारमा अघि बढाउँछौं । अब विकास, निर्माणका कामहरु ठप्प भएका छन । अगाडि बढेका छैनन् भनेर धेरै गुनासो छ । अब आफनो जिम्मेवारीमा त्यो आएको छ । त्यसको अवस्थाको बारेमा हामी मसिनो गरी हेर्नेछौं । र त्यसलाई समाधान गर्ने कुरा क्रमश गर्नेछौं । र ठेकदारहरुले भुक्तानी पाएनन भनेर सडकमा अवरोध खडा गरेको भन्ने सन्दर्भ पनि छ । त्यसको बारेमा पनि हामी छलफल गर्छौं ।

मन्त्री दाहालले पदभार ग्रहण गर्ने क्रममा राष्ट्रिय यातायात नीति मन्त्रीपरिषद् बैठकले पेश गर्ने निर्णय गर्नुभएको थियो ।