१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी
अ अ+ अ-

काठमाडौँ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आउनु भएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री खड्काले आजै सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री खड्काले ‘ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि गर्नुपर्ने कार्य र सो को कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको प्रस्ताव’मा हस्ताक्षर गर्नुभयो ।

कार्यदलको संयोजकमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल हुनुहुन्छ । कार्यदलको सदस्यहरुमा मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक, विद्युत् विकास विभागका महानिर्देशक, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ । ऊर्जा नीति शाखाका सिनियर डिभिजनल इन्जिनियर सदस्य सचिव रहनुहुनेछ ।

पदभार ग्रहण गर्दै मन्त्री खडकाले सबै नेपालीको घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्यका साथ काम गर्ने विश्वास दिलाउनुभयो । उहाँले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सरकारको निर्णय कार्यान्वयन गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले ‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’का सम्बन्धमा देखिएको समस्या समाधान गर्ने बताउनुभयो ।

“म भर्खर आएको छु । केही दिन अध्ययन गर्छु र उपयुक्त निकासका लागि आवश्यक निर्णय गर्छु”, मन्त्री खडकाले भन्नुभयो । विसं २०२८ असार १५ गते आमा युगकमारी र बुबा द्रोणबहादुर खड्काको माइलो सुपुत्रको रुपमा सङ्खुवासभाको साविक आँखिभूई गाउँपञ्चायतमा उहाँको जन्म भएको हो । मानविकी तथा समाजशास्त्र सङ्कायमा स्नातकोत्तर उहाँले २०४२ सालमा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएको हो ।

विसं २०६७ मा नेपाली कांग्रेसको महासमिति सदस्य बन्नुभएका उहाँ विसं २०७० मा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभयो । उहाँ विसं २०७३ मा खानेपानी राज्यमन्त्री नियुक्त हुनुभएको थियो ।

विसं २०७८मा नेपाली कांग्रेस सङ्खुवासभाको जिल्ला सभापतिसमेत हुनुभएका मन्त्री खड्का २०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । मन्त्री खड्का विसं २०८० फागुन २७ मा कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य बन्नुभयो ।

दुई पटक सङ्खुवासभाबाट व्यवस्थापिका संसद्मा निर्वाचित नवनियुक्त मन्त्री खड्का राजनीति, समाजसेवा, पर्यटन, जलविद्युत् क्षेत्रबारे जानकार हुनुहुन्छ । उहाँको पहलमा रसुवामा एक सय २० मेगावाट क्षमताको विद्युत आयोजना निर्माणाधीन छ । रासस