१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

पर्साबाट सङ्घीय सरकारमा तीनजना मन्त्री नियुक्त, जिल्लाको विकासले प्रथामिकता पाउने अपेक्षा

पर्साबाट सङ्घीय सरकारमा तीनजना मन्त्री नियुक्त, जिल्लाको विकासले प्रथामिकता पाउने अपेक्षा
अ अ+ अ-

वीरगञ्ज । यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट तीनजना सांसद मन्त्री बन्नुभएसँगै यहाँका स्थानीय, बुद्धिजीवी तथा उद्योगी, व्यवसायीमा जिल्लाको समग्र विकास निर्माणसहित राज्यको अन्य क्षेत्रमा उपस्थिति शसक्त र प्रभावकारी हुने विश्वास गरेका छन् ।

पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री नियुक्त हुुनुभएको छ । क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएका सांसद अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त हुनुभएको छ ।  प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नियुक्त पाउनुभएको हो ।

जिल्लामा प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १, २ र ३ मा छुट्टाछुट्टै राजनीतिक पार्टीबाट सांसद बन्नुभएका तीनजना सङ्घीय सरकारको मन्त्री पदमा नियुक्त हुनुभएको छ । सांसद यादव जनता समाजवादी पार्टीको तर्फबाट, सांसद चौरसिया नेपाली कांग्रेस र सांसद गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पर्साबाट तीनजना मन्त्री हुनु जिल्लाको लागि उत्साहको विषय भएको बताउनुभयो । “यहाँका तीनवटै निर्वाचन क्षेत्रका माननीय सांसद मन्त्री बन्नुभएको छ । यो जिल्लाकै लागि गौरवको विषय हो । जिल्लाबाट एकै पटक तीनजना मन्त्री हुँदा यहाँका सडक, पुललगायत पूर्वाधार विकासका साथै विद्यमान समस्या समाधानमा प्रभावकारी योजना बनाएर अघि बढ्नुहुन्छ भन्ने अपेक्षा लिएका छौँ ।

अध्यक्ष अग्रवालले फरकफरक राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने मन्त्री यहाँबाट बनेसँगै औद्योगिक तथा व्यापारिक सहर वीरगञ्जमा सकारात्मक ऊर्जा  सञ्चार भएको बताउनुभयो ।

“तीनवटै पार्टीका सांसदले नागरिकसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । आगामी दिनमा जिल्लासँगै मुलुकको विद्यमान समस्या समाधानमा केन्द्रित हुनुहुने विश्वास छ । यसले समग्र मधेस प्रदेशमा नै सकारात्मक सन्देश दिएको छ”, अध्यक्ष अग्रवालले भन्नुभयो । जिल्लाबाट नियुक्त तीनैजना मन्त्रीसँग निजीक्षेत्र हातेमालो गरेर अघि बढ्न चाहेको धारणा उहाँले राख्नुभयो ।

मधेस विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले पर्सा जिल्लाले तीनजना मन्त्री पाउनु सबैका लागि खुुसीको विषय भएको बताउनुभयो । “पर्सा सधैँ उपेक्षामा पर्दै आइरहेको थियो । सङ्घीय सरकारको बजेट र अन्य विकासका योजनामा पर्सा पछाडि नै हुन्थ्यो । तीन फरक पार्टीका शक्तिशाली नेताहरु मन्त्री हुनुभएकाले समग्र जिल्लाको विकासका लागि नयाँ योजना बनाएर प्रभाकारी कार्यान्वयन गर्नुहुन्छ भन्ने आशा र अपेक्षा राखेका छौंँ ।”

उपकुलपति शाक्यले सङ्घीय सरकारबाट पछिल्ला केही वर्षयता पर्सा जिल्लाका साथै वीरगञ्ज महानगरका लागि कम बजेट विनियोजन भइरहेकाले पूर्वाधार निर्माण तथा विकासका क्षेत्र प्रभावित भएका भन्दै अब सकारात्मक कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

“यसअघि राजनीतिक पहुँच कम हुँदा विकास निर्माणका काम पनि कम भएका थिए । अहिले जिल्लाबाट तीनजना सङ्घीय सरकारमा सहभागी हुनुभएको छ । अब समग्र विकास निर्माणले गति लिने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । उपकुलपति शाक्यले नारायणी अस्पताल, नारायणी रङ्गशाला, कोरिडोर, मधेस विश्वविद्यालयका लागि जग्गाको व्यवस्थालगायत पूर्वाधार निर्माण र विकासका क्षेत्रमा तीनैजना मन्त्रीले सहयोगी भूमिका खेल्ने दाबी गर्नुभयो ।रासस