२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो



अ+ अ-

जुम्ला । अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो ।

मेसिन परिचालन गरी आज अपराह्न ३:३० बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिनुभयो ।

वर्षाका कारण सो स्थानहरुमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्घ हुँदा यात्रुहरु बीच बाटोमै रोकिएका  थिए ।  वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।