२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्किना फासोका राष्ट्रपति काबोर विद्रोही सिपाहीहरुको हिरासतमा



अ+ अ-

बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरलाई हिरासतमा लिइएको छ । राजधानी ओउगाडोउमा आइतबार राति उनको निवास वरिपरि भारी गोलीबारीपछि उनलाई हिरासतमा लिइएको स्रोतलाई उद्धृत गर्दै फ्रान्स २४ ले सोमबार बताएको छ । 

सिपाहीहरूले देशको सेनाका शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्न र इस्लामवादी विद्रोहीहरू विरुद्धको लडाइँका लागि थप स्रोतहरू माग गर्न धेरै ब्यारेकहरूमा विद्रोह गरेसँगै काबोरेको घर नजिकै आइतबार गोली चलेको सुनिएको थियो ।

स्थानीय बासिन्दाहरूले राजधानी ओआगाडोउमा राष्ट्रपतिको घरमाथि हेलिकप्टर देखेको बताए ।

त्यसपछि आइतबार सेनाका कयौँ स्थानमा गोलाबारी भएको थियो । यसबाट सैन्य अधिग्रहणको सम्भावना रहेको पश्चिम अफ्रिकी अस्थिर यो मुलुकमा फेरि अर्को विद्रोहको डर उत्पन्न भएको छ ।