• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने – सबैमा सम्मान, सबैलाई धन्यवाद



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपालको ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुनः आउनुभएको हो ।

यसैबीच प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ – सबैमा सम्मान । सबैलाई धन्यवाद !!