१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सांसदहरु भन्छन्: स्वर्गीय सुवाषचन्द्र नेम्वाङको अभाव खड्कीरहेको छ

सांसदहरु भन्छन्: स्वर्गीय सुवाषचन्द्र नेम्वाङको अभाव खड्कीरहेको छ
photo: RSS
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र नेतृत्वको अभाव खडकिएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा संविधान सभा अध्यक्ष तथा एमालेका तत्कालीन उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको व्यक्तित्व र नेतृत्वको आज संसदमा पनि अभाव भएको उनीहरुले महशुस गरेका हुन् ।

स्वर्गीय नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा सांसदहरुले ्उहाँले संविधान निर्माण र नेपाल संसदीय व्यवस्थाको मूल्य र मान्यतालाई स्थापित गराउन खेल्ने भएको नेतृत्वदायी र सन्तुलित भुमिकाको नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख समेत गरेका छन । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उहाँले संविधान सभाको अध्यक्षको रुपमा संविधान निर्माण, सभामुखको रुपमा संसद र संसदीय व्यवस्थाको उन्नयनमा खेल्नुभएको भुमिका नेपाली जनताले सदा स्मरण गरिरहने बताउनु भयो । उहाँले नेम्वाङलाई संसदलाई संसदलाई रचनात्मक र सृजनात्मक ढंगले अघि बढाउन नेतृत्वदायी भुमिका खेलेको पनि स्मरण गर्नुभयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो,‘आज भदौ २६ गते सुवाषचन्द्र नेम्वाङको निधन आएको आज प्रथम स्मृति दिवस । नेपालको संविधान निर्माणका लागि असाधारण भुमिका निर्वाह गर्नुभएका, नेपालको संसदीय प्रक्रिया र संसदीय व्यवस्थामा समेत उहाँले सिंगो संसदलाई रचनात्मक र सृजनात्मक ढंगबाट अगाडि बढाउन असाध्यै नेतृत्वदायी र असाधारण भुमिका निर्वाह गर्नुभएको थियो । त्यस्तो व्यक्तित्व हामीले गुमायौं । म यस क्षणमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । उहाँले आफ्नो जीवनकालमा नेपालको एउटा संसदीय प्रणालीलाई जीवन्त राख्नका लागि, संविधान निर्माणका लागि खेल्नुभएको असाधारण भुमिकाप्रति सदैव नेपाली जनताले सम्झिरहने छन ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले स्वर्गीय नेम्वाङको सन्तुलित व्यक्तित्वले कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई अघि बढाउन दिएको योगदानको पनि स्मरण गराउनु भयो । उहाँले नेम्वाङ संविधान निर्माण र संसदमा गर्नुभएको नेतृत्वको जति प्रशंशा गरेपनि कमी हुने बताउनु भयो ।

प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘नेपालको संविधान निर्माणमा सम्माननीय सुवाष नेम्वाङको आज प्रथम स्मृति दिवस । यतिखेर म हाम्रो दलको तर्फबाट र आफ्नो तर्फबाट समेत सम्माननीय संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङप्रति सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँले संविधान निर्माण गर्नका लागि निर्वाह गर्नु भएको महत्वपूर्ण जो भुमिका छ । त्यसलाई स्मरण गर्दै उहाँको जो व्यक्तित्व थियो । उहाँले जसरी संविधानसभा मात्रै होइन, प्रतिनिधि सभा सँगसँगै समग्र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सहकार्यका लागि जो सन्तुलित भुमिका निर्वाह गर्नुहुन्थ्यो । त्यसका लागि पनि उहाँको विचार, व्यवहारबाट सिक्न म सम्माननीय सभामुखज्युमार्फत समग्र यस सभाका माननीय सदस्यहरुसँग आग्रह गर्दछु । मलाई लाग्छ–हामीले जसरी ठूलो बलिदानबाट संघर्ष गरेर जनताको प्रतिनिधिमार्फत संविधान बनाउने कुरा गर्‍यौं ।’

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संसदमा नेम्वाङको नेतृत्व र व्यक्तित्वको आज पनि अभाव महशुस भईरहेको बताउनु भयो । संसदमा हाल तिक्तता बढ्दै गईरहेको उल्लेख गर्दै यस्तो बेलामा आफूलाई संसदमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने नेम्वाङको याद आईरहेको उहाँको भनाई थियो । सांसद झाले नेताहरुलाई खुशी पार्न दिइने अभिव्यक्तिले संसदमा समस्या खडा गर्ने गरेको उल्लेख गर्दै यस्तो बेलामा साझा र सन्तुलित भुमिका खेल्नसक्ने नेम्वाङको स्मरण सबैमा हुने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘म आज संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । हामी केही सिमित भाग्यमानी राजनीतिज्ञहरुमध्ये केही समय उहाँसँग संगत गर्न पाएका थियौं । मैले उहाँसँग एक पटकसँगै युरोप भ्रमण गर्ने अवसर पनि भएको थिए । त्यो बेलामा धेरै कुरा सिक्न पाएको थिए । एउटा शालिन व्यक्तित्व, एउटा सन्तुलित व्यक्तित्व, एउटा साझा व्यक्ति हाम्रो लागि हुनुहुन्थ्यो । र आज सदनमा यताबाट उता सर्ने बित्तिकै हामीले आफ्नो जुन आचरणहरुमा परिवर्तन लिएर आउँछौं । र आफ्नो बोलीहरुमा परिवर्तन लिएर आउँछौं । त्यो बेलामा त्यो सन्तुलित व्यक्तित्व अझै त्यसको कमी महशुस हुन्छ । हामीलाई त्यो साझा व्यक्तित्व अझै चाहिएको छ जस्तो महशुस हुन्छ । अहिले त हामी नेतृत्वले के चाहन्छ रु हामीले के गर्दाखेरी नेतृत्व खुशी हुन्छ भन्ने अभिव्यक्ति भित्र र बाहिर बोलिदिने गर्दछौं । तर मेरो व्यक्तित्वले के बोल्नुपर्ने हो, त्यो नेतृत्वको रिझाईको क्रममा त्यो व्यक्तित्व बिर्सिने गरेका छौं ।’

सांसदहरुले स्वर्गीय नेम्वाङले संविधान निर्माणमा र संसदलाई प्रभावकारी बनाउने विषयमा दिनुभएको योगदान अतुलनीय रहेको पनि बताएका थिए ।