२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्तीले चार घरमा क्षति पुर्‍यायो



हात्तीले भत्काएको घर
अ+ अ-
बनियानी । जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्‍याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्‍याएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्‍याउँदा रु तीन लाख १० हजार बराबरको क्षति भएको जानकारी दिनुभयो । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उहाँले बताउनुभयो ।
बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति पर्‍याएको विषयमा जानकारी गराइएको बताउनुभयो । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । रासस