२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमपूर्वमा श्रीमतीको हत्या गरी नाबालक छोरा लिएर श्रीमान फरार



अ+ अ-

रुपन्देही । रुकुम पूर्वमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् ।

भूमे गाउँपालिका–६ तमारीका २७ वर्षीय दामे भनिने जीवन ओलीले २५ वर्षकी श्रीमती अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेका हुन् ।

ओलीले शुक्रवार राति श्रीमतीको हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा शव फालेको अवस्थामा पाईएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डिएसपी माधव खरेलले जानकारी दिए। हत्यापश्चात ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको र ओलीको खोजी कार्य जारी रहेको डिएसपी खरेलले बताए ।