२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.76

Wind: 1.54

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार नयाँ रेकर्ड बनाएको सुनको मुल्य आईतबार स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला २५ रूपैयाँ घटेर एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।