२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानु जन्मजयन्तीमा १३ छात्रछात्रा पुरस्कृत



अ+ अ-

महोत्तरी । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन् । महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेशनले बर्दिबास नगरपालिकाको सहयोगमा शनिबार आयोजना गरेको तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगितामा उनीहरू पुरस्कृत भएका हुन् ।

आदिकवि भानुभक्तको जीवनी, उत्प्रेरणा र रचना क्षेत्रमा उहाँको योगदानका विषयवस्तु समेटिएका कविता लेखन तथा वाचन प्रतियोगितामा प्रमिला श्रेष्ठ, प्रतिज्ञा बराल र अमिशा माझीले क्रमश: पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश: रु १५, १० र सात हजार नगद र कदरपत्र प्रदान गरिएको छ । यसैगरी १० जनालाई जनही एक–एक हजार नगद र कदरपत्र प्रदान गरिएको छ । साहित्य साधकहरु प्रल्लास सिन्धुलीय, माधव काफ्ले र मुकुन्द पौडेल सम्मिलित निर्णायक मण्डलले उत्कृष्ट रचना छनोट गरेको हो ।

त्यस अवसरमा राष्ट्रिय विभूतिहरूको सम्झनामा यस्ता कार्यक्रम आयोजना गर्ने सामाजिक सङ्घसंस्थालाई निरन्तर सहयोग गरिने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले बताउनुभयो ।