६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बन्न लागेका ओलीले भने– मेरो धरातल बुझेको छु



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री नियुक्ति हुने तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विगत सम्झिएका छन् ।

ओलीले सामाजिक सञ्जालमा श्रीमती राधिकासहितको आफ्नो पुरानो तस्बिर राख्दै विगत सम्झिएका हुन् । उनले तेह्रथुमको आठराईमा आफू जन्मिएको घरको फोटो राखेका छन् ।

ओली गत मंसिरमा मध्यहाडी यात्राका क्रममा आफ्नै जन्मघर तेस्रोथुमको आठराई इवा पुगेका थिए । त्यहाँ खिचिएको तस्बिर उनले प्रधानमन्त्री बन्न अघिल्लो दिन सामाजिक सञ्जालमा राखेका हुन् ।

यो तस्बिर राख्दै उनले यस्ता तस्बिरले आफू कहाँबाट आएँ र कहाँ जानु छ भन्ने ज्ञात गराउने उल्लेख गरेका छन् ।

ओलीले सामाजिक सञ्जालमा के भनेका छन् त ?

पुर्ख्यौली घरमा राधिका र म !

आज पुराना तस्बिरहरू हेर्दै थिएँ । गत मंसिरमा मध्यपहाडी यात्राको क्रममा आफ्नै जन्मघर तेह्रथुमको आठराई इवा पुग्दाको यो तस्बिर भेटियो । यस्ता तस्बिरले मलाई आफू कहाँबाट आएँ र अब कहाँ जानु छ भन्ने ज्ञात गराउँछ। त्यस यात्राका क्रममा पाइएका कुराहरू मनन गरेको छु, पश्चिम बैतडीदेखि पूर्व पाँचथर सम्मको यात्राका क्रममा सुनेका सबै आवाजहरू सम्झिरहेको छु ।

आज मैले केहीबेर त्यो यात्राका तस्बिरहरू दोहोर्याएर हेरेँ ।