५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बन्न लागेका ओलीले भने– मेरो धरातल बुझेको छु



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री नियुक्ति हुने तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विगत सम्झिएका छन् ।

ओलीले सामाजिक सञ्जालमा श्रीमती राधिकासहितको आफ्नो पुरानो तस्बिर राख्दै विगत सम्झिएका हुन् । उनले तेह्रथुमको आठराईमा आफू जन्मिएको घरको फोटो राखेका छन् ।

ओली गत मंसिरमा मध्यहाडी यात्राका क्रममा आफ्नै जन्मघर तेस्रोथुमको आठराई इवा पुगेका थिए । त्यहाँ खिचिएको तस्बिर उनले प्रधानमन्त्री बन्न अघिल्लो दिन सामाजिक सञ्जालमा राखेका हुन् ।

यो तस्बिर राख्दै उनले यस्ता तस्बिरले आफू कहाँबाट आएँ र कहाँ जानु छ भन्ने ज्ञात गराउने उल्लेख गरेका छन् ।

ओलीले सामाजिक सञ्जालमा के भनेका छन् त ?

पुर्ख्यौली घरमा राधिका र म !

आज पुराना तस्बिरहरू हेर्दै थिएँ । गत मंसिरमा मध्यपहाडी यात्राको क्रममा आफ्नै जन्मघर तेह्रथुमको आठराई इवा पुग्दाको यो तस्बिर भेटियो । यस्ता तस्बिरले मलाई आफू कहाँबाट आएँ र अब कहाँ जानु छ भन्ने ज्ञात गराउँछ। त्यस यात्राका क्रममा पाइएका कुराहरू मनन गरेको छु, पश्चिम बैतडीदेखि पूर्व पाँचथर सम्मको यात्राका क्रममा सुनेका सबै आवाजहरू सम्झिरहेको छु ।

आज मैले केहीबेर त्यो यात्राका तस्बिरहरू दोहोर्याएर हेरेँ ।